Friday, 8 June 2012

बुद्धिमानी !!



आफुलाई विद्वान कहलाउने हे महान प्राणी
बर्षो देखि तिमीले मन्थन गरेका ति किताब
आज एक्कासी व्यर्थ हुदै गएछन
पुर्खित इतिहास लाई रचाउने
बुद्धिजीवी तक्मा बोकेका हे महान स्रस्टा
कस्तो बिस्तारबादको अक्षर पढ़ेउ र?

सुन्दर अक्षरले सजिने ति सेता कागजहरु
आज तिम्रा ति काला मसि पोखिएर धमिल्याउदै गएछन
भो-भो
जाउ , एक चोटी फेरी तेही बुद्धको जन्म भूमिमा,
सेतो हिमालको चिसो पानीले मनलाई पखाल,
अनि बल्ल इ पवित्र सेता कागजहरुमा,
नया इतिहासिक अक्षरहरु सिर्जना गर्न आऊ,
अन्यथा, यी फुल्न लागेका कोमल कागजहरु
तिम्रो त्यो फैलिदै गएको दुस्साहसित एवम
तिर्खित कालो मसिले बलात्कृत हुदै जानेछन
र , कारक तिमि नै हुनेछौ , उही बुद्धिमानी !!

तसर्थ:
हे महान बुद्धिजीवी , फेरी एक चोटी बुझेर पढ है !!

दिग्विजय थापा




No comments :

Post a Comment