Wednesday, 29 February 2012

सन्देश् !!


(This is my first Nepalese Poem where I have  begged the mother nation to take  those voice of the fake leaders from her earth , which now has become a shame in the name of the revolution and their initiated goals when revolution started.) 


It's a part of the passion poetry for the young youths to raise their dormant veins, with not only in establishing their right goals but to be conscious on  their acts and decisions not only by a force but from their own analysis .   I do beg my pardon for any spellings and any videos uploaded as I don't believe  expression is limited only  on a single source and  Creations  have only one language.


रूदनको भाग्यलेखा बोकेकी हे राष्ट्रमाता 
दुई पंक्ति  छरेर, 
म निर्जनको यो सानो सन्देश् सुन


‘‘तिम्रा ति गोइ सन्तति, तिम्रो काखमा,
निर्जन मानिस हाडको भोजमा आज वयस्त छन,
राष्ट्रबालक भनि आफ्नो जिब्रो थर्काउछन कहिले,
त कहिले,
एउटा अर्थहिन् नेत्रित्वको मेज् मा बिराज्मान हुन्छन्,
कहिले भ्याकुता जस्तै टर्टराउदै, एउटा चौपारीमा,
कालो धुवाको अभ्यास गर्दै हिन्छन ,
त कहिले,
कालो मोसोले तिमीलाई बाटोमा ऊभो लगाउने ,
त्यो रत्न-उधानमा,
नयाँ बिधान को स्रिजना गर्छन्,
जहाँ एउटा नव् महाभारत रचने ब्यख्यान हुन्छ सधै,
वा  तिम्रा ति अरु निर्धन सपूतको आस्तिपन्जर तुंगो लगाउने,
शुभारम्भ् को प्रतिक्षामा व्यस्थ हुन्छँ,
त  कतै , तिम्रो नव् विकास को लागि ,
नव् नारा को स्रिजना गर्दै हिन्छन !! ’’


‘‘तेसैले हे आमा !!
यो निर्जनको सानो सन्देश् सुन
कि त, ति सन्तति लाई तिमिले त्यागी देउ , जुन पर्भक्षी छन्,
वा, आफ्नो गर्भले एउटा नव् बालक को स्रिजना गर्,
जस्ले तिम्रो अर्थ को निस्पक्ष तुंगो लगाउन सकोस्,
र जसले तिम्रो अमुल्य आसुँको त्याग बुझाउन सकोस् !! ’’


'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी '


--दिग्विजय थापा 












No comments :

Post a Comment